आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी बलर साहिन शाह अफरिदीले बनाए कीर्तिमान

बुधबार, २० मङ्सिर २०८०, १६ : ४२
बुधबार, २० मङ्सिर २०८०

 काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार पाकिस्तानी बलर साहिन शाह अफरिदीले नयाँ कीर्तिमान बनाएका छन् । उनले मंगलबार खेलिएको बंगलादेशविरुद्धको खेलमा एक सय विकेट पुरा गरे ।

२३ वर्षीय अफरिदी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने तीव्र गतिका बलर बनेका छन् । उनले ५१ खेलमा एक सय विकेट लिएका हुन् । उनले अस्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् । 

अफरिदीले बंगलादेशी ब्याट्सम्यान तनजिद हसनलाई आउट गराउँदै एकदिवसीय क्रिकेटमा एक सय विकेटको कीर्तिमान बनाएका हुन् । उनले बंगलादेशका ओपनर ब्याट्सम्यान तनजिदलाई एलबीडब्लूको धरापमा पारेका थिए ।

त्यसपछि उनले बंगलादेशका तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोको विकेट पनि लिएका थिए । नजमुल होसैनलाई उनले चार रनको ब्यक्तिग स्कोरमा उसमा मिरद्वारा क्याच गराएका थिए । एकदिवसीय क्रिकेटमा यो उनको १०१औँ विकेट थियो । पाकिस्तान र बंगलादेशबिचको खेल कोलकातास्थित इडेन गार्डेन स्टेडियममा भइरहेको छ ।

सबैभन्दा चाँडो १ सय विकेट लिने कीर्तिमान भने नेपालका सन्दीप लामिछानेको नाममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप