आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी वरीयतामा शीर्ष स्थानमा उक्लिए अफ्रिदी, ब्याटिङमा बाबर कायमै

बुधबार, २० मङ्सिर २०८०, १७ : १७
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । पाकिस्तानका तीव्र गतिका बलर शाहिद शाह अफ्रिदी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय बलरको वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । हाल भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य रहेका अफ्रिदीले अस्ट्रेलियाका एडम जाम्पासँगै प्रतियोगितामा सर्वाधिक १६–१६ विकेट लिएका छन् । मंगलबार बंगलादेशमाथि शानदार जीत हासिल गर्दा २३ वर्षीय खेलाडीले ३ विकेट लिएका थिए । 

यो सूचीमा अस्ट्रेलियाका जोस हेजलवुड दोस्रो र भारतका मोहम्मद सिराज तेस्रो स्थानमा छन् । त्यसपछि क्रमशः दक्षिण अफ्रिकाका केशव महाराज, न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, अफगानिस्तानका रासिद खान, भारतका कुलदीप यादव, अफगानिस्तानका मुजिब उर रहमान, अस्ट्रेलियाका एडम जाम्पा र अफागनिस्तानका मोहम्मद नाबी शीर्ष १० स्थानमा समावेश रहेका छन् ।

कुनै पनि फर्म्याटमा अफ्रिदी शीर्ष स्थानमा पुगेको यो पहिलो अवसर हो । उता, एकदिवसीय ब्याटिङमा पाकिस्तानका कप्तान बाबर आजम विराजमान रहेका छन् । बाबरपछि झिनो अन्तरले भारका शुभमन गिल दोस्रो स्थानमा रहेका छन् भने तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विनटन डी कक रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप