३ हजार ६४८ बालबालिकासहित गाजामा मृत्यु हुनेको सङ्ख्या ८ हजार ७९६ पुग्यो
बुधबार, २० मङ्सिर २०८०, २० : ३८
गाजा । चरमपन्थी समूह हमास शासित स्वास्थ्य मन्त्रालयले बुधबार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको सङ्ख्या ८ हजार ७९६ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा २७१ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार गाजा पट्टीमा मारिनेमा ३ हजार ६४८ बालबालिका रहेका छन् । हमासको अल कसम ब्रिगेडले अक्टोबर ७ मा इजरायलमा अभूतपूर्व आक्रमण गरेको थियो, जसमा करिब १४०० मानिस मारिएका थिए। यसपछि इजरायलले गाजा पट्टीमा लगातार हवाई हमला गरिरहेको छ ।
मङ्गलबार इजरायली बमबारीमा उत्तरी गाजाको सबैभन्दा ठुलो शरणार्थी शिविर जबलियामा मारिनेको सङ्ख्या १२० पुगेको ५ । यसमा जसमध्ये अधिकांश महिला र बालबालिका छन्। युद्धअघि यस शरणार्थी शिविरमा करिब १ लाख २५ हजार मानिस बस्दै आएका थिए ।