आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

कांग्रेस सांसद सञ्जय गौतम ‘शून्य समयमा’ ठिङ्ग उभिइरहे, सांसदहरूले टेबल ठोके

मङ्गलबार, १८ वैशाख २०८१, १२ : २५
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतम प्रतिनिधि सभा बैठकको शून्य समयमा मौन उभिएका छन् । सभामुखले बोल्न समय दिएपछि आसनबाट उभिएका उनले केही कुरा बोलेनन् ।

मौन रूपमा उभिएको देखेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय  दिइएको छ’ भने पनि उनले आफ्नो मौन धारण कायम राखे ।

सांसद गौतम मौन उभिइरहेपछि विभिन्न दलका केही सांसदहरूले आफू अगाडिको टेबल बजाएर समर्थन जनाएका थिए । उनको एक मिनेटको समय सकिएपछि सभामुख घिमिरेले सांसद हर्कमाया विश्वकर्मालाई बोल्न समय दिए ।

सांसद गौतमले किन शून्य समयमा आफू मौन उभिएको भन्नेबारे खुलाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप