आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतको फैसलाले मलाई साहस दिएको छः भारती

शुक्रबार, २२ मङ्सिर २०८०, २३ : १०
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । सर्वोच्च अदालतले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकाल (रिगल)लाई दिएको आममाफी बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धर (शेर्पा)ले आफूलाई थप सासह प्राप्त भएको बताएकी छन् । 

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको बताइन् । उनले कुनैपनि लोभ लालचमा नलागीकन सबैले आफूलाई सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् । 

उनले भनिन्, ‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागि लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको ढकाललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीबिरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकामा बिहीबार अदालतले हत्याका दाषीलाई जेल पठाउने फैसला गरेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप