आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिभावकविहीन भएकाहरुलाई आनीको फाउण्डेशन र  मानवसेवा आश्रमले संरक्षण प्रदान गर्ने

शनिबार, २३ मङ्सिर २०८०, १६ : ३९
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । जाजरकोटमा गएको विनासकारी भुकम्पबाट प्रभावित भई अभिभावकविहीन भएकाहरुलाई आनी छोइङ डोल्मा फाउण्डेशन र  मानवसेवा आश्रमले संरक्षण प्रदान गर्ने भएको छ ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६ दशमलव ४ रेक्टर म्याग्निच्युडको विनाशकारी भुकम्पमा परी हालसम्म १ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । परिवारको सम्पूर्ण सदस्य गुमाई अनाथ भएका बालबालिका, अशक्त बृद्धबृद्धा, एकल महिलाहरुलाई तत्काल संरक्षण प्रदान गर्न आश्रम र फाउण्डेशन तयार रहेको जानकारी गराइएको हो । यस्तो सेवा आवश्यक रहेमा मानवसेवा आश्रमको ९८५५०७६००१ देखि ९८५५०७६०२४ सम्मका सम्पर्क नम्बरहरुमा सम्पर्क गरिदिन स्थानीय जनप्रतिनिधि, प्रहरी र प्रशासन समक्ष अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप