सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महसुल नबुझाएपछि कास्की कारागारको लाइन काटियो

आइतबार, १६ वैशाख २०८१, १४ : २९
आइतबार, १६ वैशाख २०८१

पोखरा । विद्युत् महसुल नबुझाएपछि कास्की कारागार कार्यालयको लाइन काटिएको छ । पटक पटक ताकेता गर्दा पनि शुल्क बक्यौता नतिरेपछि लाइन काट् बाध्य भएको पोखरा वितरण प्रमुख राजीवसिंहले जानकारी दिए । आइतबार बिहानदेखि लाइन काटिएको हो । 

कारागारले २०लाख हाराहारी बक्यौता तिर्न बाँकी छ । यसअघि गण्डकीका मन्त्रालय र मन्त्री निवास सहित १२ सरकारी कार्यालयको लाइन काटिएको थियो । उनीहरूले बक्यौता तिरेपछि पुनः जोडिएको छ । 

केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काट्ने अभियान चलाएको छ । केही दिनअघि नै लाइन काट्ने तयारी थियो । तर कारागार कार्यालयले समय मागेपछि रोकिएको हो । 

अहिले केन्द्रले १ सय ७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १२ लाख ९९ हजार भन्दा बढी शुल्क तिर्न बाँकी छ । शनिवार पनि ४७ ग्राहकले ५ लाख ३८ हजार शुल्क र जरिवाना बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप