आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई सीबीफीनको १० लाख

आइतबार, २४ मङ्सिर २०८०, १७ : ५०
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । पश्चिम नेपालमा आएको भूकम्पका कारण प्रभावितलाई सीबीफीनले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । शुक्रवार राती आएको भूकम्पका कारण पश्चिम रुकुम र जाजरकोटमा जनधनको ठुलो क्षति भएको छ । यही भूकम्पबाट प्रभावित स्थानीयलाई बैङ्क तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले लाख दिने घोषणा गरेको हो ।

सीबीफीनले राष्ट्रिय विपत्ति आइलागेको यस कठिन अवस्थालाई संवेदनशीलरुपमा लिँदै खाद्यान्न, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास आवश्यक रहेको जानकारी पाएकाले आर्थिक सहयोग गरेको जानकारी दिएको छ । सीबीफीनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्पर्क गरी त्यस क्षेत्रमा आवश्यक रहेको वस्तुबारे जानकारी समेत लिएको छ ।

‘राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश÷जिल्ला तथा स्थानीय निकायहरूमा सञ्चालित सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूमा हार्दिक आग्रह गर्दछौँ’ सो संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

जनधनको क्षतिसहित कठिन अवस्थामा रहेका भूकम्प पीडितहरूको सहयोगार्थ सदस्य बैङ्क तथा वित्तीय संस्थाहरूले सहयोग घोषणा गरिरहेको जानकारी प्राप्त भइरहेको छ । यस संवेदनशील घडीमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट स्वतःस्फूर्त सहयोग भइरहेकोप्रति सीबिफीनले धन्यवाद समेत व्यक्त गरेको छ ।  साथै, राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूमा हार्दिक अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप