बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

‘मेयर’को तयारीमा जुटे दीपेन्द्र

मङ्गलबार, १८ वैशाख २०८१, ११ : ५६
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ अहिले प्रदर्शनरत छ । गत ४ कार्त्तिकबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ । 

एक फिल्म प्रदर्शनरत रहेकै समय निर्देशक खनाल भने नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनी अहिले फिल्म ‘मेयर’ बनाउने तयारीमा जुटेका हुन् । जसको प्रि प्रोडक्सन कार्य भइरहेको छ । 

तिहार लगतै छायाङ्कनमा निस्कने फिल्मको अहिले कलाकार छनौट भइरहेको छ ।  फिल्मको कलाकार रु प्राविधिक पक्ष एक कार्यक्रम सहित सार्वजनिक गर्ने निर्माण युनिटले जानकारी दियो । देशका एक चर्चित मेयरबाट प्रभावित भएर फिल्म निर्माण हुन लागेको पनि चर्चा छ । ‘मेयर’पछि दीपेन्द्रले आफ्नो सफल फिल्म ‘आमा’को दोस्रो शृङ्खला निर्माण गर्नेछन् ।

हुन दीपेन्द्र अहिले हिट फिल्म ‘आमा’को सिक्वेल ‘आमा २’को तयारीमा पनि छन् । उनी स्वयंको लेखन तथा निर्देशन रहने फिल्मको निर्माण शर्मिला पाण्डेले गर्नेछिन् । केही दिनअघि दुवैले भिडियो सन्देशमार्फत फिल्म ‘आमा २’ निर्माण घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप