आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा

मङ्गलबार, २६ मङ्सिर २०८०, १७ : २९
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्गले काठमाडौँको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरुलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ । 

करिब ११,८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घधाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिले गरे । 
 नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ । 
यस वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ । यस्तै विशेषतः विद्युतीय गाडीको (इभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरुको व्यवस्था गरिएको छ । यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ्ग स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ्ग स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत बाह्रवटा “बे हरु” रहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप