वीरेन्द्रनगरले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने
मङ्गलबार, २६ मङ्सिर २०८०, १८ : ५२
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाभित्र अध्ययनरत भूकम्प पीडित परिवारका बालबालिकाहरुलाई निःशुल्क रुपमा अध्ययनको व्यवस्था गरिने छ ।
यस्तै नगरपालिकाका १६ वटै वडाको वडा विपद् कोषबाट १ लाखका दरले १६ लाख र नगर विपद् कोषबाट १० लाख गरी २६ लाख भूकम्प प्रभावितको पुनर्स्थापना सहयोग गरिने ढकालको भनाइ छ ।