आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड र सीपीसी तिब्बतका सचिव वाङबिच भेटवार्ता

शनिबार, १५ वैशाख २०८१, ०९ : ४६
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सहकार्य र हितका बारेमा छलफल भएको बताइएको छ ।

सचिव वाङ छुङछेङ नेतृत्वको टोली बुधबार नेपाल आएको हो । टोलीले बुधबारबाटै राजनीतिक भेटवार्ता थालेको छ ।

prachanda

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप