आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डीपफेक आतङ्क : रश्मिका र कट्रिनापछि सचिन तेन्दुलकरकी छोरी चपेटामा

शनिबार, १५ वैशाख २०८१, ११ : ३१
शनिबार, १५ वैशाख २०८१

नयाँ दिल्ली । डीपफेकको दुरुपयोगका घटनाहरू दिनानु दिन बढ्दै गइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मोर्फ्ड भिडियो अनि बलिउड अभिनेत्री कट्रिना केफको फोटोमा छेडखानीको घटना सेलाउन पाएकै छैन । क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरको फोटो बाहिरिएको छ ।

यो फोटो फेक भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोमा सारा क्रिकेटर शुभमन गिलसँग छिन् । पछिल्ला केही दिनयता सारा र शुभमनबीच डेटिङ चलिरहेको अफवाह चलेको छ । डेटिङको अफवाहलाई पुष्टि गर्न यो फोटो पोष्ट गरिएको अनुमान गरिएको थियो । तर अहिले आएर सो फोटो नै नक्कली भएको बताइएको छ । साराले सेप्टेम्बर २४ मा आफ्नो भाइ अर्जुन तेन्दुलकरको जन्मदिनको दिनमा उनलाई शुभकामना दिँदै इन्ष्टाग्रामको एकाउन्टमा दुवै जनाको तस्बिर राखेकी थिइन् ।

सोही तस्बिर निकालेर एआई डीपफेकको मद्दतले अर्जुनको अनुहारको ठाउँमा शुभमनको अनुहार हालिएको खुलासा भएको छ । रश्मिका मामिलामा अभिताभ बच्चन, मृणाल ठाकुरसमेतका कलाकारहरूले कारबाहीको माग गरेका थिए । तर यस मामिलामा तेन्दुलकर परिवारले अहिलेसम्म प्रहरीमा उजुरी दिएका छैनन् । न त यस मामिलामा मुख खोलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप