सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकार एक्लैले देश विकास गर्न सक्दैन : पूर्वप्रधानमन्त्री चन्द

शनिबार, २७ माघ २०८०, १९ : १५
शनिबार, २७ माघ २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताएका छन् ।  

बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश विकासका लागि जनताले पनि सहयोग गर्नुपर्ने बताए । 

पूर्वप्रधानमन्त्री चन्दले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गरे । उनले भाषण कला एउटा राजनीतिक हतियार भएको बताए ।

पूर्वप्रधानमन्त्री चन्दले जनताले सक्रिय भई देश विकासका लागि काम गर्नुपर्ने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप