सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली

आइतबार, २८ माघ २०८०, १९ : ४९
आइतबार, २८ माघ २०८०

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरु फेरबदल भएका छन् । सिरियाको लागी फोर्स हेड्क्वार्टर सपोर्ट युनिट १२ औँ डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म सातौँ डफ्फा, इन्जिनियर से.मु आठौँ डफ्फा, लेबल १ अस्पताल पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिटको चौथो डफ्फा बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

सिरियामा गएका २३४ जना नेपाली शान्ति सैनिकको नेतृत्व प्रमुख सेनाली सुनिल कुमार मल्लले गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

शान्ति सैनिहरु इथोेपियन एयरलाईन्सको चाटर्ड विमानद्वारा मिसन इलामा पुगेका हुन । 

सिरियामा यसअघि खटिएका २५८ जना सैनिक आफ्नो कार्यअवधि पुरा गरेर सेनानी देव गुरुङको नेतृत्वमा कार्तिक २३ मा नेपाल फर्केका छन् । अहिले सिरिया मिसनमा ४१५ जना सैनिक कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप