आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाजाको विद्यालयमा आक्रमण : ५० जना मारिए

आइतबार, २८ माघ २०८०, २१ : ०४
आइतबार, २८ माघ २०८०

गाजा । गाजा सहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् ।

"गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुल  आसपासबाट आज बिहान स्कुललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो ।  आक्रमणपछि करिब ५० जना मारिएका छन्," अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन् ।

एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ ।-(रासस-एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप