बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लक्ष्मीपूजाको दियो सल्केर भक्तपुरमा १ जनाको मृत्यु

आइतबार, २३ वैशाख २०८१, १२ : ३१
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्दा दियो सल्केर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थली घर भएकी ८३ वर्षीया साबित्री देवी दाहाल छिन् ।

आइतबार लक्ष्मीपुजा गर्ने क्रममा उनले लगाएको लुगामा दियो सल्किएको थियो । कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।

उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप