बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

सोमबार, २४ वैशाख २०८१, १५ : ५८
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । मंगलबार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको दुःखद निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । 

जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो । 

उनी नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत थिए ।  

मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरूबाट समेत सम्मानित भएका थिए ।

साहित्यकार मानन्धर ९० वर्षका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप