बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फेसन पेन्ट्सले रङ्गायो राष्ट्रपति र प्रधानमन्त्री निवास

बुधबार, २६ वैशाख २०८१, १३ : ३४
बुधबार, २६ वैशाख २०८१

काठमाडौं । तिहारको समयमा राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास स्वदेशी उत्पादनको फेसन पेन्ट्सले रङ्गिएका छन् । स्वदेशमै उत्पादित फेसन पेन्ट्सले चाडबाडको समयमा पारेर बालुवाटारस्थित राष्ट्रपति र प्रधानमन्त्री कार्यालय रंग्याएको हो ।

 राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसँगै प्रधानन्यायाधीशको निवासमा समेत फेसन पेन्ट्सले रङरोगन गरेको छ । यी  सबै कार्यालयको भवन, कम्पाउन्ड र  पर्किङस्थल तथा गमलाहरूमा समेत  रातो, सेतो र अन्य रङहरु लगाइएको छ ।

1700113607708

 प्रधानमन्त्री निवास , प्रधानमन्त्रीको सचिवालय , बालुवाटारको  पार्किङ क्षेत्र वरिपरि भएका भवन तथा रुखहरूमा पनि रातो र सेतो रङ लगाएर लगाइएको कम्पनीले जनाएको छ । यसबाट अन्य विदेशी पेन्ट्सको तुलनामा नेपाली पेन्ट्सको गुणस्तर कम छैन भन्ने प्रमाणित हुने कम्पनीको भनाई छ ।

 ७ वर्ष अघिदेखि नेपालमै  उत्पादन सुरु गरेर को कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव पुडासैनीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको बताए । उनले नेपाली उत्पादन  फेसन पेन्ट्सका रङहरु प्रयोग गरी यो रङरोगन गरिएको जानकारी दिए । यसै गरी अन्य नेपाली उत्पादनलाई पनि साथ र सहयोग दिएमा स्वावलम्बी हुन सहज हुने कम्पनीको भनाई छ ।

17001136077021700113607725170011360773117001136077611700113607768

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप