बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकाबाट एक करोड रुपैयाँभन्दा बढीको धनमाल चोरी

बुधबार, २६ वैशाख २०८१, १६ : ५३
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । उपत्यकामा तीन साताको अवधिमा १ करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि बिहीबारसम्म कुल १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

प्रहरीका अनुसार काठमाडौँको २० स्थानबाट २७ लाख ७९ हजार ४४५ बराबरको धनमाल चोरी भएको छ । यस्तै ललितपुरको १० स्थानबाट २५ लाख ३० हजार ७५० बराबरको चोरी हुँदा भक्तपुरको ७ स्थानबाट ५० लाख ५६ हजार बराबरको चोरी भएको छ । 

ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौँका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ । 

यसैबीच सोही अवधिमा काठमाडौँमा ८ स्थानमा आगलागीको घटना भएको छ । यस्तै ललितपुरमा ४ तथा भक्तपुरमा २ स्थानमा आगलागीको घटना भएको छ ।  यस्तै आगलागीमा परी भक्तपुरको लोकन्थली एक जनाको मृत्यु हुनुका साथै अनुमानित कुल ८ करोड ७७ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।

सोही अवधिमा काठमाडौँमा सवारी साधन अनियन्त्रित भएर ३९ वटा दुर्घटना भएका छन् भने १ जनाको मृत्यु र ८ जना पक्राउ परेका छन् । यस्तै अन्यसँग ठोक्किएर ९४ वटा दुर्घटना भएका छन् । जसमा घाइते ११८ जना , १  जनाको मृत्यु र ५५ जना पक्राउ परेका छन् । 

यस्तै ललितपुरमा  अनियन्त्रित भएर १९ वटा दुर्घटना भएका छन् भने त्यसमा ११ जना घाइते हुनुका साथै ४ जनाको मृत्यु र ४ जना पक्राउ परेका छन् । 

यस्तै अन्यसँग ठोक्किइभएको दुर्घटना संख्या  ३० वटा रहेका छन् । जसमा ३४ जना घाइते हुनुका साथै १४ जना पक्राउ परेका छन् ।   यसैगरी भक्तपुरमा अनियन्त्रित भएर १६ वटा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् भने ४ जना पक्राउ परेका छन् ।

यस्तै अन्यसँग ठोक्किई भएको दुर्घटना संख्या ६८ वटा रहेको प्रहरीले जनाएको छ । जसमा १०२ जना घाइते हुँदा मृत्यु हुनेको संख्या १ जना रहेको छ । यस्तै सो घटनामा २४ जना पक्राउ परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप