आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्कलका क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा

शनिबार, ०१ वैशाख २०८१, १३ : ४४
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । लैनचौरस्थित अमृत साइन्स क्याम्पसका प्रमुख डा.लोकबहादुर बराललाई आक्रमण गरेको आरोपमा प्रहरीले कमलराज जोशीलाई पक्राउ गरेको थियो ।

२६ वर्षीय जोशीलाई टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । नेकपा एमाले निकट अनेरास्ववियुमा आवद्ध जोशीलाई घटना भएको करिब ३ महिनापछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई अभियोगपत्रसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेका हुन् । बझाङ घर भएका जोशी क्याम्पसको स्ववियु सभापतिमा पराजित उम्मेद्वार हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप