मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्कुटरको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु

बुधबार, ०२ जेठ २०८१, ०८ : ००
बुधबार, ०२ जेठ २०८१

मकवानपुर । हेटौँडामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ठुलो दमारबाट हटिया तर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री ४३ वर्षीय गोपिनी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका विश्वकर्माको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र स्कुटर चालक हेटौँडा–१ का ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप