आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई सघाउन एमालेले गण्डकीबाट पठायो ५० युवा

बुधबार, ०२ जेठ २०८१, १८ : १०
बुधबार, ०२ जेठ २०८१

पोखरा । नेकपा एमालेले जाजरकोट र रुकुमका भुकम्पपीडितलाई सघाउन गण्डकी प्रदेशबाट ५० जना युवा खटाएको छ । टोली भुकम्प प्रभावित क्षेत्रमा गइसकेको एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए । ‘उहाँहरु गैसक्नुभयो । भुकम्पले भत्काएका संरचना पन्छाउने र अस्थायी संरचना निर्माणमा सहयोग गर्नुहुन्छ,’ उनले भने । 

युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा गएको हो । उनीहरु दुई सातासम्म प्रभावित क्षेत्रमा रहनेछन् । त्यसपछि एमालेको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियानमा जोडिएर फर्किने कार्यक्रम रहेको दवाडीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप