सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मङ्सिर ११ बाट फ्लोरमा निस्कने तयारीमा अनमोलको ‘फर्की फर्की’

बिहीबार, ०३ जेठ २०८१, १२ : ४९
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को छायाङ्कन मङ्सिर ११ गतेबाट सुरु हुने भएको छ । निर्माता अधिकारीले फिल्मको मुख्य कलाकारको रूपमा माओत्से गुरुङलाई अनुबन्धित गर्दै फिल्मको छायाङ्कन मिति सार्वजनिक गरेका हुन् ।

फिल्म छायाङ्कन अगाडि गर्ने वर्कसप, प्रिपोडक्सन लगायतको तयारी भने सकाएको छ । फिल्मको रिलिज मिति २०८१ को जेठमा बताइएको छ । निर्माता अधिकारीले फिल्म छायाङ्कन अगाडि नै वितरकसँगको सल्लाह अनुसार फिल्मको रिलिज जेठमा जुराएका हुन् ।

फिल्ममा अनमोल केसी, जसिता गुरुङ, माओत्से गुरुङ, नव–कलाकार द्वय रवि काफ्ले र समृद्धि अर्याल लगायतको अभिनय रहनेछ । फिल्मको निर्देशन सुयोग गुरुङले गर्न लागेका हुन् ।

निर्माता रोहित अधिकारीकै कथा रहेको फिल्मको छायाङ्कन काठमाडौँ, पोखरा, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ ।

रोहितका अलवा ओमप्रकाश अग्रवाल निर्माता रहने फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत फिल्म रहनेछ । 

‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका अधिकारीको ‘फर्की फर्की’ काठमाडौँमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको अन्तर्राष्ट्रिय वितरकको रूपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप