आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तमु संघ गण्डकीको अध्यक्षमा राम गुरुङ सर्वसम्मत

बिहीबार, ०३ जेठ २०८१, १७ : ३५
बिहीबार, ०३ जेठ २०८१

पोखरा । नेपाली कांग्रेस निकट गुरुङ समुदायको साझा संस्था तमु सङ्घको गण्डकी सभापतिमा राम गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार पोखरामा भएको भेलाले गुरुङलाई सभापति बनाएको हो । 

एक साताभित्र अन्य पदाधिकारी र सदस्यहरू चयन हुने बताइएको छ । कांग्रेस केन्द्रीय विधानमा ३५ सदस्यीय कार्यसमितिको व्यवस्था गरिए पनि गण्डकीमा १५ सदस्यीय समिति मात्रै बनाउने सांस्कृतिक सङ्घका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार गुरुङले जानकारी दिए । 

उनलाई सभापति बनाउन आदिवासी जनजाति नेता आसबहादुर गुरुङले प्रस्ताव गरेका थिए भने सांसदहरू डा.टकराज गुरुङ, सरस्वती गुरुङ, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, विहादी गाउँपालिका अध्यक्ष प्रविण गुरुङ, कांग्रेस गण्डकी सदस्य सीता गुरुङ, जिल्ला सदस्य खेम गुरुङ, क्षेत्र नम्बर ३ कास्कीका सभापति मनोज गुरुङ तथा सांस्कृतिक सङ्घका उपसभापति कृष्णकुमार गुरुङले समर्थन गरेका थिए । 

नयाँ बन्ने कार्यसमितिले माघ १५ गतेभित्र प्रदेशस्तरीय भेला आयोजना गर्नेछ । कार्यक्रमलाई सम्बोधन गर्दै तमु सङ्घका केन्द्रीय अध्यक्ष भुवन गुरुङले कांग्रेसले सबै जात र समुदायको हितमा काम गर्ने भएकोले कांग्रेसमा आबद्ध हुन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप