सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा श्रमदान गरिरहेका गण्डकीका सांसदको अपिल : जात्रामा रमाउन छोडौँ, भूकम्प पीडितको ज्यान बचाऔँ

शनिबार, १२ जेठ २०८१, १२ : ३४
शनिबार, १२ जेठ २०८१

पोखरा । गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी यतिबेला जाजरकोटमा अस्थायी टहरा बनाउँदै छन् । काँग्रेसले १ हजार घर टहरा बनाउने निर्णय गरेपछि जाजरकोट पुगेका उनी नलगाड क्षेत्रमा भूकम्प पीडितको पीडामा मलम लगाउन तल्लीन छन् । 

उनीसँगै छन् प्रतिनिधिसभा सांसद प्रदीप पौडेल पनि । सुवेदीले सरकारलाई जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको पुनः स्थापनामा सहयोगको लागि अपिल गरेका छन् । सरकारले भूकम्पपीडितको अस्थायी टहरा बनाउन विनियोजन गरेको रकम पुग्न अझै १५ दिन लाग्ने भएकोले पीडितहरू अझै समस्यामा परेका उनले बताए । सरकारले तत्काल ५० हजार दिने निर्णय गरेको थियो । 

‘तीन देखि हामी जाजरकोटको नलगाढ नगरपालिका भित्र छौँ । स्थानीय अधिकारीसँगको संवादमा थाहा पाइयो, नेपाल सरकारले भूकम्प प्रभावित परिवारको अस्थायी आवास ‘घर टहरा’ लागि तत्काल दिने निर्णय भएको रकम प्रभावित परिवारमा पुग्न अझै करिब १५ दिन लाग्छ, उनले भने, ‘त्यसपछि अस्थायी आवास बन्ने समय सम्म हामिले चिसोको कारण जीवन गुमाएका थुप्रै समाचार पढ्नुपर्नेछ ।’ 

सुवेदीले काठमाडौँले विपतमा सरकारले कर्मकाण्डी काम मात्रै नगरी युद्दस्तरमा भत्किएका संरचना बनाउन ठोस काम गर्नुपर्ने उनको सुझाव छ । 

‘मङ्सिर ७ को जात्रामा रमाइरहेको काठमाडौँले सुनोस्,  बिपतको समयमा कर्मकाण्डी  प्रशासनिक प्रक्रियाबाट हैन युद्धस्तरमा भत्किएका घरमा जस्तापाता पुर्‍याउने र एक हप्ता भित्रै घर टहरा बन्ने वातावरण बनाउन सकिन्छ, सम्भव छ,’ उनले भने, ‘यो कुरा तीन दिन नलगाड्का बस्तीहरूको श्रमदानबाट बन्दै गरेका १०० घर टहरा बाट अनुभूत गरेका छौँ । निर्णय सही गरेर मात्र हुँदैन, ठिक समयमा प्रयोग हुन सक्दा मात्र उद्देश्य प्राप्त हुन्छ र भूकम्पले दिएको चोटमा मलम लाग्न सक्छ ।’

सुवेदीले आन्दोलनकारीलाई पनि भूकम्प पीडित क्षेत्रमा सहयोगको अपिल गरे । ‘मङ्सिर ७ को जात्रा चल्दै गर्दा जाजरकोट भूकम्पले निम्त्याउने थप खतरा बाट जोगाउन जागौँ र तदारुकता देखाऔँ’ सुवेदीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप