सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईंको आन्दोलन

तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ

आइतबार, १३ जेठ २०८१, ११ : ३४
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । तीनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ । 

स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो ।  पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना, तेजनारायण कँडेल र आङनिमा शेर्पा लगायत रहेका छन् ।

स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन । 

प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी

pakrau-tinkune (1)pakrau-tinkune (2)pakrau-tinkune (3)pakrau-tinkune (4)pakrau-tinkune (5)pakrau-tinkune (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप