सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘फर्की फर्की’ शुभ मुहूर्त, मङ्सिर ११ बाट फ्लोरमा

आइतबार, १३ जेठ २०८१, ११ : ३९
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को शुभ मुहूर्त गरिएको छ । शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहूर्त गरिएको हो ।

कार्यक्रममा वरिष्ठ अभिनेता कृष्ण मल्ल, निर्मल शर्मा ‘गैँडा’, निर्देशन दिनेश राउत, लेखक बिकाश सुवेदी, प्रदीप भारद्धाज अलावा फिल्मका कलाकार, प्राविधिक र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

सुयोग गुरुङको निर्देशन रहने फिल्ममा अनमोल केसी, जसिता गुरुङ, माओत्से गुरुङ, नव–कलाकारद्धय रवि काफ्ले, समृद्धि अर्याल, प्रेम पाण्डे लगायतको अभिनय रहनेछ । अनमोल र जसिता पहिलो पटक फिल्ममा एकसाथ देखिन लागेका हुन् ।

अभिनेता अनमोलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री जसिता गुरुङले बताइन् । अनमोल सहयोगी अभिनेता समेत भएको आफूले पाएको बताएकी गुरुङले फिल्मलाई सिक्ने अवसरको रूपमा समेत लिउको बताइन् ।

अहिलेसम्म निर्माण भएको प्रेमकथा भन्दा भिन्न र आकर्षक कथामा फिल्म बन्न लागेकोले ‘फर्की फर्की’ आफ्नो रोजाइमा परेको अभिनेता अनमोलले बताए । फिल्मको निर्माण युनिट र टि पनि राम्रो भएकोले काम गर्न सहज हुने अनमोलले विश्वास लिएका छन् । अनमोल केही समयको अन्तरालपछि फिल्ममा देखिन लागेका हुन् ।

farki farki2

फिल्मको छायाङ्कन मङ्सिर ११ अर्थात आगामी सोमबारबाट हुनेछ । काठमाडौँ, पोखरा, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा समेत छायाङ्कन हुने फिल्म हुने फिल्म २०८१ को जेठमा रिलिज हुनेछ ।

निर्माता रोहित अधिकारीकै कथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहनेछ । 

‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका अधिकारीको ‘फर्की फर्की’ काठमाडौँमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको अन्तर्राष्ट्रिय वितरकको रूपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।

कार्यक्रममा फिल्मका प्राबिधिलाई सम्मान समेत गरिएको थियो । फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप