सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आन्तरिक राजस्व कार्यालय पोखराको कात्तिक मसान्तमै शतप्रतिशत राजस्व सङ्कलन

आइतबार, १३ जेठ २०८१, ११ : ४३
आइतबार, १३ जेठ २०८१

कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्त सम्ममा नै शतप्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लक्ष्यको १०१.६८ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

वार्षिक ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य कार्यालयको थियो । तर, कात्तिक मसान्त सम्ममा नै १ अर्ब ३८ करोड ४८ लाख ७९ हजार हजार रुपैयाँ राजस्व सङ्कलन भइसकेको पोखरास्थित आन्तरिक राजस्व कार्यालयले जनाएको छ । 

कार्यालयले कात्तिक मसान्तसम्मका लागि निर्धारित लक्षको आयकर तर्फ १३४.५० प्रतिशत, अन्तः शुल्कतर्फ ११६.३६ प्रतिशत र मू.अकर तर्फ ७८.१४ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखरामा कात्तिक मसान्त सम्ममा आयकरमा ६६ हजार ८७५ करदाता दर्ता भएका छन् । यसैगरी मू.अ.करमा १२ हजार ९३, अन्तः शुल्कमा ४ हजार ४७० करदाता दर्ता भएका छन् । 

व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या १ लाख ६२ हजार ३९० पुगेको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम – २०८० सम्पन्न गरेको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको हो ।

करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले करदाता रकर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताए । उनले कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक विनोदबहादुर कुँवरले कर प्रशासनमा दिनानुदिन सुधार हुँदै आइरहेको बताउँदै कर प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयकर तर्फ धेरै कर तिर्ने करदाताहरूलाई सम्मान गरिएको छ। जसमा बैङ्क तथा वित्तीय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, व्यापार तर्फ माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वर्क्स प्रा.लि. र उद्योग तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानित भएका छन् । 

कार्यक्रममा उत्कृष्ट कर्मचारी टाइपिष्ट नायब सुब्बा कृष्णहरि गौतमलाई सम्मान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप