आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'हमास–इजरायल द्वन्द्वका कारण प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो'

बिहीबार, १३ वैशाख २०८१, १८ : ०७
बिहीबार, १३ वैशाख २०८१

गाजा । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताएका छन् ।  

मन्त्री नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दसौँ हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौँ कार्यबल र रोजगारदाताहरू गुमायौँ ।”

“हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,”जैशले भने ।  

उनले भने, “यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार गर्‍यो, हजारौँ कामदारहरूलाई बर्खास्त गर्‍यो, धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो ।”

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासी आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ । इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ ।- (रासस/सिन्ह्वा)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप