बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘सी फुड’मा बढ्दै नेपालीको रुचि, ४ महिनामै बाहिरियो ३० करोड

बिहीबार, २० वैशाख २०८१, १४ : ३८
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । भन्सार विभागको तथ्याङ्कले नेपालीको रुचि ‘सी फुड’ तर्फ बढ्दै गएको देखाएको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको अवधिमै विदेशबाट ‘सी फुड’ आयातमा करोडौं रुपैयाँ बाहिरिएको देखाएको हो ।

चालू वर्षको साउनदेखि कात्तिक महिनासम्मको अवधिमा नेपालमा ३० करोड ३४ लाख रुपैयाँ बराबरको ‘सी फुड’ आयात भएको छ । यो सूचीमा प्रशान्त महासागरको सल्मान माछादेखि क्याट फिस, झिँगे माछा र कार्प माछा छन् । यस्तै, गँगटा र अक्टोपसमा समेत नेपालीको रुचि बढ्दै गएको देखिन्छ ।

यस अवधिमा १२ लाख ४२ हजार रुपैयाँ बराबरको जिउँदा माछा भित्रिएका छन् । यस्तै, ५८ लाख रुपैयाँभन्दा धेरैको एन्कोवी माछा, साढे २ करोड बराबरको अन्य माछा आयात भएका छन् । यस्तै, ६ करोड रुपैयाँभन्दा धेरैको क्याटफिस, २ करोड रुपैयाँभन्दा धेरैको कार्प माछा भित्रिएको छ ।

यसबाहेक, झिँगे माछा, फ्रोजन माछा लगायत गरी नेपालमा वर्षमा अर्बौँ रुपैयाँको ‘सी फुड’ आउने गरेको हो । यस अवधिमा झिँगे माछा आयातमा ५८ लाख रुपैयाँ बाहिरिएको छ भने गँगटा आयातमा समेत लाखौं रुपैयाँ बाहिरिने गरेको छ ।

नेपाल भित्रिने समुन्द्र खान्कीमध्ये सबैभन्दा धेरै भारतबाट आउने गरेको छ । नेपालमा सामान्यदेखि क्याटफिस, कार्प, फ्रोजन, सलमान लगायतका माछा भारतबाट आउँछन् । यस्तै, भियतनामबाट समेत ठुलो मात्रामा नेपाली बजारमा माछा आउँदा थाइल्यान्ड, हङकङ र ब्रुनाइमा उत्पादित समुन्द्र खान्की समेत नेपालीको भान्सामा पाक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप