सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जसपा लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा लावती

बिहीबार, १४ मङ्सिर २०८०, २० : ४३
बिहीबार, १४ मङ्सिर २०८०

फिदिम । जनता समाजवादी पार्टी (जसपा) नेपालको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन भएको छ । शनिबार पाँचथरको फिदिममा आयोजित कार्यक्रमबाट जेन्टल लावती डम्बरको अध्यक्षतामा ३५ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा एविराज आङदेम्बे, सन्जय राई, अग्निमाया मेचे, मुख्यसचिव केदार धिमाल, सचिव हेमराज जिमी, सचिव अजित धिमाल, सचिव सुष्मा राई र कोषाध्यक्ष टुपेन्द्र एक्तेन चयन गरिएको उक्त समितिका मुख्य सचिव केदार धिमालले जानकारी दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् कोसी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङ, कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

लिम्बुवान समिति पुनर्गठन भएसँगै जसपाका दश प्लस एक अन्तर्गतका पहिचानका राष्ट्रिय समिति पुनर्गठन सम्पन्न भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप