सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सूनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

आइतबार, २० जेठ २०८१, १० : ४७
आइतबार, २० जेठ २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो । 
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप