आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट बैंकमा इजरायली सेनाको कारबाहीमा ६ प्यालेस्टिनीको मृत्यु, मृत्यु हुनेको सङ्ख्या २३० पुग्यो

आइतबार, २० जेठ २०८१, १४ : २५
आइतबार, २० जेठ २०८१

तेल अभिभ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली सेनाले आइतबार बिहान वेस्ट बैंक सहरको नाब्लस र जेनिनमा दुई प्यालेस्टिनीहरूलाई मारेको जानकारी दिएको छ । गएरातिदेखि इजरायली सेनाको कारबाहीमा मारिएका प्यालेस्टिनीको सङ्ख्या ६ पुगेको हो ।

यता इजरायली सेनाका प्रवक्ताले यी मृत्युको रिपोर्टको छानबिन गरिरहेको बताएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणदेखि हालसम्म वेस्ट बैंकमा इजरायली सेनाको कारबाहीमा २३० प्यालेस्टिनी मारिएका छन्, जसमध्ये करिब ५० बालबालिका छन्।

वेस्ट बैंक एक प्यालेस्टाइन क्षेत्र हो जुन इजरायलद्वारा कब्जा गरिएको छ । अक्टोबर ७ देखि इजरायली सेनाले यहाँ लगातार कारबाही गरिरहेको छ । हालसम्म तीन हजारभन्दा बढीलाई पक्राउ गरिएको छ ।

अर्कोतर्फ गाजामा हमास र इजरायली सेनाबिच चार दिने युद्धविराम जारी छ । आइतबार इजरायली सेनाले तेस्रो चरणमा रिहा गरिने बन्धकहरूको सूची प्राप्त भएको बताएको थियो। हालसम्म हमासले दुई पटक बन्धकहरूलाई रिहा गरिसकेको छ भने थप बन्धकहरूलाई तेस्रो चरणमा आइतवार रिहा गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप