आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वेश्यावृत्ति गराएको आरोपमा सप्तरीबाट लज सञ्चालक पक्राउ

आइतबार, ३० वैशाख २०८१, १७ : ०८
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । प्रहरीले वेश्यावृत्तिको आरोपमा सप्तरीको राजविराजबाट लज सञ्चालकलाई पक्राउ गरेको छ । राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा लज सञ्चालक राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल छन् ।

लजमा महिलाहरू राखेर उनीहरूले वेश्यावृत्ति गराएको आरोप छ । महिलाहरूलाई प्रलोभन देखाएर जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा आरोपीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसपी बज्राचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप