सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ का लागि ३५ प्रतियोगी छनोट

सोमबार, ३१ वैशाख २०८१, ०८ : ५३
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’का लागि ३५ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित प्रतियोगी छनोट चरणको अडिसन सय भन्दा बढी सहभागी थिए । ती मध्यबाट ३५ बालबालिका छानिन सफल भएका हुन् । छानिएका प्रतियोगी अब अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न प्रशिक्षणमा जुट्ने छन् । 

बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले नियमित रुपमा आयोजना हँुदै आएको प्रतियोगीता हो ‘मिलिनियम किड्स इन्टरनेशनल’ । बालबालिका जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिने प्रतियोगीताको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी रहेको छ । 

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु विगत १३ वर्षभन्दा लामो समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा आयोजना गर्दै आएका छन् ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीमा छानिएका प्रतियोगीले प्रशिक्षणको क्रममा बिभिन्न जीवन उपयोगी ज्ञान हासिल गर्दै आफुलाई निखार्ने छन् । राज फैजुकै कोरियोग्राफी रहने प्रतियोगीताको सम्पुर्ण प्रतियोगीको फेसन डिजाइन डिजाइनर श्रीषा बैदारले गर्ने छिन् । 

प्रतियोगीतामा शीर्षसहित दर्जन बढी उप– शिर्षकमा विजेता समेत छानिने छन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप