बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता

मङ्गलबार, ०१ जेठ २०८१, १३ : ३३
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा गठित लेखा समितिमा चार जना सदस्य मनोनित गरेका हुन् ।

मनोनित हुनेमा धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्की रहेका छन् । सभापति देउवाले गत वर्ष साउन २ मा लेखा समितिको संयोजकमा घिमिरेलाई मनोनित गरेका थिए । कांग्रेसको लेखा समितिले १७ महिनापछि पूर्णता पाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप