बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

मङ्गलबार, ०१ जेठ २०८१, १३ : ४०
मङ्गलबार, ०१ जेठ २०८१

महोत्तरी । महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जलेश्वर नगरपालिका-१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।

 मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप