मामाघर आएकी बालिकाको पोखरीमा डुबेर मृत्यु
मङ्गलबार, ०१ जेठ २०८१, १३ : ४४
खोटाङ । खोटाङमा आमासँगै मामाघर आएकी एक बालिकाको खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका-६ बस्ने वीरधन राईकी २ वर्ष ६ महिनाकी छोरी आरिमा राईको साकेला गाउँपालिका-२ रतन्छास्थित माछापोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।
पोखरीमा डुबेर अशक्त भएकी उनको उद्धार गरी साकेला आधारभूत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।