बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाको संयुक्त बैठक आज पनि बस्दै

आइतबार, १७ मङ्सिर २०८०, ०७ : २३
आइतबार, १७ मङ्सिर २०८०

महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि बस्दैछ । मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा सोमबारदेखि संयुक्त बैठक चलिरहेको छ । 

रास्वपाका उपसभापति डिपी अर्यालका अनुसार बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन् । यसका साथै संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता छ । सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।

प्रदेश सभापतिहरुले सम्बन्धि प्रदेशको राजनीति तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए ।

रास्वपाका संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार  आज बस्ने बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन प्रस्ताव पेस गर्ने छन् । बुधबारसम्म चल्ने बैठकमा पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णय हुने बुर्लाकोटी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप