आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म निर्देशक निकेशले प्रेमिका अन्विशासँग गरे विवाह

बिहीबार, २७ वैशाख २०८१, १८ : ३०
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । फिल्म निर्देशक निकेश खड्का वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मंगलबार काठमाडौँ बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् । 

विवाह समारोहमा दुबैतर्फका आफन्त र सीमित साथीभाइको सहभागिता रहेको थियो । उनीहरूले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

राताेपुल घर भएकी अन्विशा विद्यार्थी हुन्, उनी फिल्म अध्ययन गरिरहेकी छन् । निकेश सितापाईला निवासी हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका निकेशले ‘जिन्दगी रक्स´, ‘फाटेको जुत्ता’, ‘चपलीहाइट ३’ फिल्म निर्देशन गरेका छन् । उनीहरूकाे रिसेप्सन पार्टी भने आगामी शनिबार राखिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप