बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टाइगर उड्स भन्छन्, ‘हारको स्वाद नचाखेसम्म सन्न्यास लिने कुरै आउँदैन’

शुक्रबार, २८ वैशाख २०८१, १० : ३९
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । पछिल्लो समय पटक—पटक घाइते हुँदै आएका चर्चित अमेरिकी गल्फ खेलाडी टाइगर उड्सले तत्काल सक्रिय खेल जीवनबाट सन्न्यास लिने कुनै योजना नरहेको बताएका छन् । ४७ वर्षीय उड्सले आफ्नो खेल जीवन अझै लामो रहेको प्रतिक्रिया पनि दिएका छन् । 

‘जबसम्म खेल जितिरहन्छु तबसम्म सन्न्यास लिने कुनै सम्भावना छैन । अब खेल जित्न सक्दिन भन्ने लागेपछि मात्र सन्न्यासको बारेमा सोच्नेछु,’ उनले भनेका छन् । उनले आफू निकट भविष्यमै पुनः व्यावसायिक गल्फमा फर्कने तयारीमा रहेको जानकारी पनि दिएका छन् । 

१५ वटा ठुला प्रतियोगिताको उपाधि चुमिसकेका उड्सले आफू निकट भविष्यमा बहामसमा आयोजना हुने हिरो वर्ल्ड च्यालेन्जको तयारीमा रहेको बताएका छन् । घाइते भएका कारण उनले गत अप्रिलदेखि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । 

यसबिचमा उनले खुट्टाको गोली गाँठोको शल्यक्रिया पनि गराएका थिए । ‘कुनै दिन यस्तो पक्कै आउनेछ जुन दिन म जितबाट विमुख हुनेछ । विश्वास गर्नुस्, त्यसपछि म खेल जीवनबाट बिदा लिनेछ ।,’ 

सञ्चारकर्मीसँगको कुराकानीमा उड्नले भनेका छन्, ‘तर, हारको स्वाद नचाखेसम्म म खेल जीवनमा निरन्तर सक्रिय रहनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप