आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा अफगान दूतावास खोल्ने तालिबान प्रशासनको घोषणा

मङ्गलबार, २९ जेठ २०८१, १५ : ०४
मङ्गलबार, २९ जेठ २०८१

नयाँ दिल्ली । अफगानिस्तानको तालिबान प्रशासनले भारतमा अफगान दूतावास खोल्ने इच्छा व्यक्त गरेको छ । तालिबान प्रशासनका विदेश मामिलाका उपराजनीतिक मन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाईले अफगानिस्तानले भारतसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरामा जोड दिएका हुन्।

भारतमा रहेको अफगान दूतावासले ट्वीटरमा लेखेको छ, ‘अफगानिस्तानले भारतमा अफगान दूतावास खोल्ने आफ्नो मनसाय घोषणा गर्न पाउँदा खुसी छ। दूतावासको नेतृत्व एक प्रतिष्ठित अफगान कूटनीतिज्ञले गर्नेछन् जसले अफगानिस्तान र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्न र भारतमा अफगान जनतालाई सुविधा उपलब्ध गराउन काम गर्नेछन्।’

यससँगै स्टानिकजाईले भने, ‘भारतले अफगान जनताको पीडा कम गर्दै अफगान विद्यार्थी, बिरामी र व्यापारीहरूलाई सहयोग गरिरहनुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप