बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पहिलोपटक विदेशी खेलाडीसहित टेबलटेनिसको लिग प्रतियोगिता हुँदै

शुक्रबार, २८ वैशाख २०८१, १८ : २५
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित टेबलटेनिसको सर्वाधिक धनराशिको नगद पुरस्कारसहित प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रा.लि.को आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । 

आगामी मङ्सिर १९ गतेदेखि २३ गतेसम्म स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०२३ को हुँदैछ । सो प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र हुनेछ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित ९ टोलीका खेलाडी प्रतिस्पर्धा गर्ने तय भएको छ ।

तीमध्ये पाँच टोलीले भने विदेशी खेलाडी समावेश गरेको आयोजक च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रालिकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा पाँच टोलीले समान एक पुरुष र महिला विदेश खेलाडी राख्न पाउनेछन् । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित रनिङ शिल्ड पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनलिस्ट) ले समान ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । यो नेपालको टेबल टेनिसमा अहिलेसम्मकै सर्वाधिक धनराशिको प्रतियोगिता पनि रहेको आयोजकको दाबी छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, एभिएम टेबलटेनिस क्लब, कान्तिपुर भ्याली पिङपङ क्लब, नगाउँ स्पोर्टस् क्लब, गड स्पिन टेबलटेनिस एकेडेमी, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी कुल ९ वटा टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि अनुमानित १९ लाख रुपैयाँ खर्च हुनसक्ने आयोजकको अनुमान छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप