बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

शुक्रबार, २८ वैशाख २०८१, २० : ००
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ ।  नेपालमा मार्च ८ देखि १३ सम्म अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुने भएको छ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज,नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट,२०२४ हुन लागेको हो । 

आइतबार नाराले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट,२०२४ गर्न लागेको जनाएको छ । द ग्रेट कर्णाली क्वेस्ट दैलेख जिल्लाको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ । 

पत्रकार सम्मेलनमा बोल्दै द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले विश्वका देशहरूको राफ्ट दौडको लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको बताए । उनले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्राण्ड,आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने जिकिर गरे । 

उनले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० डलर शुल्क तिर्नुपर्ने बताए । उनले द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले द ग्रेट कर्णाली क्वेस्टको लाइभ समेत गरिने योजना रहेको बताए ।

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्डमा राजनीतिक खिचातानी हुँदा पर्यटन प्रवर्द्धन गर्ने कामहरू हुन नसकेको बताए । उनले कार्यक्रमहरू गर्न बोर्डले प्राप्त बजेट हुँदा हुँदै पनि नदिँदा समस्या भइरहेको बताए । उनले द ग्रेट कर्णाली क्वेस्ट ठुलो परियोजना भएकाले सबै मिलेर सफल बनाउन आवश्यक रहेको बताए । उनले मुलुकको पर्यटन प्रवर्द्धन गर्ने काम नगर्ने हो भने पर्यटन बोर्ड बन्द हुनुपर्ने भन्दै निजी क्षेत्रले सहज रूपमा काम गर्न पाउनुपर्ने माग राखे ।

अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ । २३ नोभेम्बर २३ देखि २८ सम्म तय गरिएको द ग्रेट कर्णाली क्वेस्ट कार्यक्रम पश्चिम नेपालमा गएको भूकम्पको कारण स्थगन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप