सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उपभोक्ता ठग्ने तीन पसललाई २० हजार जरिवाना

मङ्गलबार, ०८ जेठ २०८१, १० : २५
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन पसललाई २० हजार जरिवाना गरेको छ । विभागले बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठग्ने ४ पसललाई कारबाही गरेको जानकारी दिएको हो ।

विभागले आइतबार उपत्यकाका १४ व्यापारिक फर्ममा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा भिमसेनगोलाको खाद्यवस्तु पसललाई ५ हजार जरिवाना गरिएको छ । यो पसलले नियमबमोजिम राख्नुपर्ने बिलबिजक नराखेको पाइएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।

यस्तै, सिनामंगलकै इलेक्ट्रिक पसललाई १० हजार र काठमाडौँको अन्य पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको जनाइएको छ । यी तीन वटै पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप