रुसी सेनामा भर्ति भएका गण्डकीका तीन युवाको मृत्यु
आइतबार, २४ मङ्सिर २०८०, ०८ : ०२
पोखरा । रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडेका गण्डकीका ३ युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कास्कीका देवान राइ, गोरखाका सन्दिप थपलिया र स्याङजाका पितम कार्कीको मृत्यु भएको हो ।
उनीहरु अबैध बाटोबाट रुसी सेनामा भर्ना भएका थिए । परम्परागत रुपमा रहेको सम्झौता बाहेकका देशमा कुनै देशको राष्ट्रिय सेनामा भर्ना हुन पाइँदैन ।