आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजश्वको वर्तमान स्थितिबाट अर्थमन्त्री डा. महत चिन्तित

बुधबार, ३० जेठ २०८१, १३ : ५५
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आफू राजश्वबारे चिन्तित रहेको बताएका छन् । आज एक उद्योग उद्घाटनमा बोल्दै अर्थमन्त्री महतले राजश्वको वर्तमान अवस्थाका कारण चिन्तित बन्नुपरेको बताएका हुन् ।

उनले देश एउटा परिवार भएको समेत बताएका छन् । सोही कारण, परिवारमा हुने आम्दानी अनुसार नै खर्च हुने उनको भनाई छ । देशलाई पनि परिवारलाई जस्तै धेरै आम्दानीको स्रोत र आवश्यकता रहेको अर्थमन्त्री डा. महतले बताए ।

‘सरकारले जति धेरै आम्दानी गर्छ । त्यत्ति नै हामी पूर्वाधारमा लगानी गर्छ,’ अर्थमन्त्री डा. महतले भने, ‘यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ ।’ डा. महतले सरकारले फ्याक्ट्री चलाएर अर्थतन्त्र विकास नहुने समेत बताए । यसका लागि निजी क्षेत्रले अगुवाइ भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

‘उद्यमशील नागरिकले फ्याक्ट्री चलाउनुपर्छ । सरकारले प्रतिस्पर्धा सुनिश्चित गर्छ, गुणस्तर जाँच गर्छ,’ उनको भनाइ छ, ‘एउटैले आधिपत्य जमाएको छ भने त्यो सरकारले हेर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप