आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२ अर्ब लगानीमा खेतान ग्रुपको नवलपुरमा रेड बुल उद्योग

शुक्रबार, ०४ जेठ २०८१, २० : १५
शुक्रबार, ०४ जेठ २०८१

नवलपरासी पूर्व (नवलपुर)मा मंगलबार एक कार्यक्रमका बिचमा रेड बुल उद्योग स्थापना गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर–१७ स्थित अमरापुरिमा १० विगाह क्षेत्रफल जग्गामा उक्त उद्योग स्थापना गरिएको हो ।

मंगलबार एक कार्यक्रमका बिच नवलपुरको अमरापुरिमा स्थापना गरिएको उक्त रेड बुल उद्योगको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा रेड बुलको मुख्य उत्पादक टिसिपिका प्रमुख कार्यकारी अधिकृत सरवूत युविध्या, सरस वेभरेजका प्रमुख कार्यकारी अधिकृत पवन जगतिया, खेतान ग्रुपका पिपी (प्रेम प्रसाद खेतान) लगायत उपस्थित भएका थिए ।

सरकारले रेड बुल आयात प्रतिबन्ध गरेको ४ वर्षपछि नेपालमा नै उत्पादन गर्नेगरी उद्योग स्थापना गरिएको हो । सरकारले २०७६ असार २ गतेदेखि रेड बुलसहितका इनर्जी ड्रिङ्स आयातमा प्रतिबन्ध लगाएको थियो । यसअघि रेड बुलको नेपालका लागि सप्लायर्सको काम गरिरहेको खेतान ग्रुपले उद्योग स्थापनाको लागि सरकारबाट अनुमति लिएर उद्योग स्थापना गरेको हो ।

खेतान ग्रुपको २ अर्ब लगानीमा विदेशी ब्राण्ड रेड बुलको उत्पादन सुरु गरिएको हो । ग्रीनफिल्ड उत्पादन सुविधा पूर्ण स्वचालित सिस्टमसहितको उक्त उद्योग स्थापनाको लागि करिब एक वर्ष समय खर्चिनु परेको थियो । गत २०७९ को छठ पर्व सक्किए लगत्तै उद्योग स्थापनाको लागि काम सुरु गरिएको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणघाट बुटवल सडक खण्डको गैंडाकोट नगरपालिका–१६ स्थित १६ नम्कर चोकबाट दक्षिण तर्फको बस्ती छिचोलेर करिब ४ किलोमिटर यात्रा गरेपछि खुल्ला फाँटमा अवस्थित छ रेड बुल उद्योग । उद्योग स्थापना हुनु पूर्व सो फाँट झाडी र बनमाराले घारी मात्र थियो । गत वर्षदेखि उद्योग स्थापनाको काम सुरु भएपछि सो क्षेत्र खुल्ला भएको छ । १० विगाह क्षेत्रफल ओगटेको उक्त उद्योगको भवनले मात्र १ विगाहा जमिनमा फैलिएको छ । प्दुशण नियन्त्रणसहित अन्य सुरक्षा मापदण्ड सहित उद्योगले उत्पादन सुरु गरेको छ ।

थाइल्याण्डका सरवूत युविध्याले सुरु गरेको रेड बुल ‘इनर्जी ड्रिङ्स’ विश्व बजारमा प्रतिष्ठित पेय पदार्थ हो । थाइल्यान्डमा को टिसिपीका प्रमुख कार्यकारी अधिकृत सरवूत युविध्याले सन् २०१० मा रेड बुल इनर्जी ड्रिङ्स उत्पादन थालेका थिए । थाइल्याण्डमा टिसिपीले उत्पादन गर्दै आएको रेड बुल खेतान ग्रुपको सरस वेभरेज प्रलिले नेपालमा उत्पादन गरेको हो । जर्मन र स्विस टेक्नोलोजीमा स्वचालित उत्पादन प्रविधिको उक्त उद्योगले विद्युत खपत समेत कम गर्ने संचालनको दावी रहेको छ । सौर्य र अन्य वैकल्पिक ऊर्जाको स्रोतबाट उद्योगले पेय पदार्थ उत्पादन, गुणस्तर मापन तथा अन्य सुरक्षाको मापदण्ड निर्धारणको काम गर्नेछ ।

सुरुवाती चरणमा ३००० केस रेड बुल थालेको उद्योगले छिट्टै नै उत्पादन क्षमतालाई बढाएर दैनिक १५ हजार केश रेडबुल उत्पादन गर्ने तयारी गरेको छ । हाल नेपाल मात्रै बिक्री गर्ने गरी उत्पादन सुरु गरेको उद्योगले ३ सिफ्ट (पूर्ण क्षमता)मा उत्पादन गर्दा वार्षिक ४५ लाख केश रेड बुल उत्पादन गर्ने उद्योग संचालको भनाई छ । उद्योगमा हाल ६० कर्मचारी राखेर काम सुरु गरेको उद्योगले पूर्ण क्षमतामा सञ्चालन गर्दा १०० जना कर्मचारी आवश्यक हुनेछ ।

उद्योगका प्रमुख कार्यकारी अधिकृत जगतियाका अनुसार उद्योग स्थापनाले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने बताए । राजस्व र रोजगारीको क्षेत्रमा उद्योगले योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे । नवलपुरमा उद्योग स्थापनाले स्थानीय नागरिकहरुलाई रोजगारीको अवसर प्रदान गर्ने र उनीहरुको जीवन स्तर सुधारमा सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।

रेड बुल उत्पादक थाइल्याण्डका टिसिपीका प्रमुख कार्यकारी अधिकृत योविध्याले नेपालको विकासमा उद्योग स्थापनाले निकै ठुलो अर्थ राख्ने बताए । अर्थतन्त्र र राजस्व मात्र नभई स्थानीय नागरिक तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि उद्योग स्थापनाको सकारात्मक प्रभाव देखिने उनले बताए । नेपादसँग जोडिएर आफ्नो ब्राण्डको उत्पादन सुरु गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उनले अभिव्यक्ति दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप