आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मित्रमिलन सहकारी ठगी : बचतकर्तालाई उजुरी दिन प्रहरीको आह्वान

सोमबार, ३१ वैशाख २०८१, ०८ : ०९
सोमबार, ३१ वैशाख २०८१

पोखरा । आर्थिक अपचलनको आरोप लागेको पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई कास्की प्रहरीले आह्वान गरेको छ । मंगलबार सूचना जारी गरी उजुरी दिन बाँकी रहेका बचतकर्तासँग निवेदन मागेको हो । मङ्सिर २७ गतेसम्म जाहेरी दरखास्त दिन प्रहरीको आग्रह छ । 

सञ्चालक समितिले बचतकर्ताको रकम हिनामिना गरेर समयमा फिर्ता नदिएपछि केही बचतकर्ताले उजुरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धानका लागि पोखरा २१ का अध्यक्ष दीपक सुवेदी सहित ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । यस्तै, सहकारीका उपाध्यक्ष विजय लम्साल, पूर्व लेखा सदस्य तथा ताण्डव न्युजका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायत विरुद्ध पुर्जी जारी भएको हो । 

अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । पुर्जी जारी भएकाको खोजी भइरहेको कास्की प्रहरीका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सहकारीको २७ करोड हाराहारी हिनामिनाको आरोप सञ्चालकहरूलाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप